नेशनल लाइफको अभिकर्ता  प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं / नेशनल लाइफ इन्स्युरेन्स कम्पनीले सुदूरपश्चिम प्रदेशको अछाममा अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकोछ। प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कम्पनीको अछाम कार्यालयमा आबद्ध १३५ जना अभिकर्ताहरूको सहभागिता रहेको  थियो।  

प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भएर बिमा व्यवसाय गर्दै आएका अभिकर्ताहरूलाई अभिकर्ता पेशालाई व्यवसायिक बनाउँदै सहभागीहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरूप  कम्पनीले यस्तो कार्यक्रम आयोजना गरेको बताए ।

कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरूलाई बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा उत्कृष्ट व्यवसाय गरि अछाम शाखाबाट चियर पर्सन क्लबमा छनौट भएका अभिकर्ताहरूलाई सम्मान पत्र वितरण गरिएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज