लक्ष्मी क्यापिटल र सन फार्मर बिच लगानी सम्बन्धी सम्झौता

 काठमाडौं/निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र  सौर्य उर्जा सेवा प्रदायक कम्पनी सन फार्मर बिच लगानी सम्भाव्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सन फार्मरका तर्फबाट प्रमुख सञ्चालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गर्नु भयो । 

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा विगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सन फार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउनु भयो । 

संयुक्त राज्य अमेरिकामा सञ्चालित कम्पनी सन फार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । यस कम्पनीले सौर्य उर्जासँगै स्वास्थ्य, शिक्षा र कृषिको समेत प्रबर्द्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार ७८२ युनिट स्वच्छ विद्युत उत्पादन गरी सकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज