राष्ट्र बैंक अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्न चुकेको परिसंघको आरोप

काठमाडौँ / मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंक अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्न चुकेको नेपाल उद्योग परिसंघले आरोप लगाएको छ । बुधवार विज्ञप्ति जारी गर्दै परिसंघले उद्योगी व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीति चुकेको आरोप लगाएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘अर्थतन्त्रको हालको प्रमुख समस्या बढ्दो ब्याजदर, तरलता व्यवस्थापन तथा समग्र मागमा आएको कमी नै हो । अर्थतन्त्रलाई दिगो बनाउन नयाँ लगानी बढाउनुपर्ने, रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता छ,’ , ‘तर हाम्रो सर्वेक्षण अनुसार ७० प्रतिशत लगानीकर्ताले बढ्दो ब्याजदर, नगद प्रवाहमा परेको असर, मागमा आएको उच्च कमीका कारण व्यवसायमा आकर्षण नदेख्दा नयाँ लगानीको योजना स्थगन गरेको पाइएको छ । यसले उद्योगी व्यवसायीको मनोबलमा आएको निराशा दर्शाउँछ ।’

अर्थतन्त्र मन्दीको दलदलमा फस्दै गएको र उद्योगी व्यवसायीहरुको मनोबल बढाउन नसके भन्दै परिसंघले असन्तुष्टि ब्यक्त गरेको छ । केन्द्रीय बैंकले जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशनले उद्योगी व्यवसायीहरुलाई थप मार पारेको परिसंघले जनाएको छ । त्यसैले सो निर्देशनमा पुराना ग्राहकका लागि आवश्यक सुधारसहित न्यूनतम २ वर्ष पछि मात्र लागू गर्न उसले पुनः आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज