कोरोना बिमा भुक्तानी शुरु

काठमाडौँ / लामो प्रतिक्षा पछि कोरोना बिमा भुक्तानी शुरु भएको छ । बिमा प्राधिकरणको निर्देशनपछि पछिल्ला दुई दिनमा कोरोना बिमाका करिब ४ हजार बिमितले दाबी भुक्तानी पाएका छन् ।

बिमक संघका अनुसार दुई दिनमा सबै कम्पनीबाट गरि करिब ४ हजार बिमितले भुक्तानी पाइसकेका छन् ।
कोरोना बिमाबापत दाबी गरेकामध्ये पहिलो चरणमा व्यक्तिगत र परिवार गरी कम्पनीहरूले करिब १६ हजार बिमितलाई भुक्तानी गर्न लागेका छन् । प्राधिकरणका अनुसार कोरोना बिमा गर्ने व्यक्तिगत र परिवार करिब २५ हजार छन् । तीमध्ये अहिले १६ हजारलाई भुक्तानी दिन लागिएको हो । आठ दिनदेखि १० दिनभित्रमा ती बिमितले भुक्तानी पाइसक्ने गरी वितरण भइरहेको संघले जनाएका छन् ।

कम्पनीहरूले पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा बिमा भुक्तानी भइरहेको बताएका छन् । बिमा भुक्तानी गर्ने बिमितको नाम र दाबी मितिलगायत विवरणको सूची सबै कम्पनीहरूले आफ्नो वेबसाइटमा सार्वजनिक गरेका छन् । त्यही सूचीबाट क्रमशस् बिमा भुक्तानी भइरहेको बिमक संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज