आइएमई बन्ने भयो नेपालकै पहिलो पब्लिक रेमिटेन्स कम्पनी

काठमाडौं / आइएमई ग्रूप अन्तर्गत आइएमई रेमिट शुक्रबार राजधानीमा आयोजित २२औँ साधारणले आइपीओमा लैजाने प्रस्ताव पारित गरेसँगै यो नेपालकै पहिलो पब्लिक रेमिटेन्स कम्पनी बन्ने भएको छ ।

साधारण सभामा बोल्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण भएको सुनाए । त्यतिबेला चुनौति छ भन्ने जाँन्दाजाँन्दै धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै आइएमईको आजसम्मको व्यवसायिक यात्रामा सहयोग गर्नुहुने सवैमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिष्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज