तत्काल पीपीए खुलाउन इप्पानको माग

काठमाडौं / निजी क्षेत्रको ऊर्जा उत्पादहरुको संस्था (इप्पान) ले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउनुपर्ने र निजी क्षेत्रका आयोजनको म्याद १० वर्ष थप्प माग गरेको छ ।

मन्त्री परिषदको १४ असार को बैठकले १० बर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको कोटालाई आधार मानेर मिश्रित ऊर्जा विकासको सीमा फेरबदल गरेको थियो । जस अनुसार नदी प्रबाहमा आधारित (आरओआर)आयोजनाहरुको सीमा १० प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार १५ सय मेगावाटका आरओआर आयोजनाहरुको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसक्नु पर्ने हो । तर, नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म पीपीएको प्रक्रिया सुरु नगरेर मन्त्री परिषदको निर्णय कार्यान्वयनमा ढिलाई गरेको छ । यसले ऊर्जा क्षेत्रमा अन्योलताको अवस्था सिर्जना भएको छ ।

तसर्थ इप्पानले उक्त १५०० मेगावाटको तत्काल पीपीए खुला गर्नको लागि आवश्यक निर्देशन गर्न र प्रक्रिया पूरा गरेर पीपीएमा आवेदन गरेका सबै आयोजनाहरुको पीपीए खुला गर्न आवश्यक पहलकदमीको माग गरेको छ ।

इप्पानले विद्युत् खरिदमा नेपाल बिद्युत प्राधिकरणको भार प्रेषण केन्द्रले लोड खपत नभएको बहानामा गएको असार महिनादेखि बिभिन्न करिडोरका करिब तीन दर्जन आयोजनाहरुको पूर्वसूचना दैनिक पटक–पटक विद्युत् गृह पूर्ण तथा आंशिक बन्द गर्ने गरेको छ । यसले बिभिन्न विद्युत् खरिद नगरिदिदा आयोजनाहरु टाट पल्टने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज