काठमाडौं/ नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले बैंक अफ दि इयर २०२२ को उपाधि जितेका् छ । यो समेत उसले छैटौं पटक बैंक अफ दि इयर अवार्ड जितेको छ । बैंकले हालै मात्र प्रतिष्ठित फाइनान्सियल टाइम्स, ‘बैंक अफ द इयर २०२२’ अवार्ड जितेको हो । सन् २०२२ को लागि देशको ‘उत्कृष्ट बैंक’ छनोट भएको हो ।
एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालमा सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो । यो अवार्ड जित्नु एनआइबिएलले नेपालको वित्तीय क्षेत्र र समाजमा गरेको महत्वपूर्ण योगदानको प्रमाण रहेको बैंकको भनाई छ ।
‘यसले विकास र दिगोपनतर्फ लाग्ने बैँकहरूको समर्पणलाई पनि हाइलाइट गर्दछ जसले हामीलाई यो प्रतिष्ठित पुरस्कार बारम्बार प्राप्त गर्न मद्दत गरेको छ, विज्ञप्तिमा भनिएो छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले डिसेम्बर १, २०२२ बिहीबार बेलायतको लण्डनमा आयोजित अवार्ड समारोहमा बैंकको तर्फबाट अवार्ड ग्रहण गरेका थिए ।