एनआईसी एशियाको विश्वकप विशेष योजना सार्वजनिक

काठमाडौं /एनआईसी एशिया बैंकले आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि बैंकले सार्वजनिक गरेको नयाँ योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी उपभोक्ताले विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्नु पर्ने हुन्छ । जसमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई ५०० देखि २००० सम्मको मोबाइल टपअप प्रदान गरिने बैंकले जनाएको छ । यो योजनामा सहभागि भएकाहरु मध्येबाट भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्ने जनाएको छ ।

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको एनआईसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहक महानुभावहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज