काठमाडौं / नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. को ३४ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत वोनस शेयर र सो वापतको कर प्रयोजनको लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्तावपारित गरेको छ ।
यसैवीच नियामक निकायले यहि २०७९ साल चैत्र मसान्तसम्म जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. को हाल पारित भएको वोनस शेयर लाभांशवाट कम्पनीको चुक्ता पूँजी ४ अरब ६४ करोड ०४ लाख ३१ हजार ८७५ पुगेको बताइएको छ । कम्पनीले आगामी दिनमा तोकिएको समय भित्रै ५ अरब चुक्ता पूँजी पुर्याउने कम्पनीले जनाएको छ ।
साधरण सभामा बोल्दै कम्पनीका अध्यक्ष प्रेमा सिंहले पछिल्लो समय बीमाको पहुँचमा उल्लेखनीय बृद्धि भएको बताइन । नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले बीमा बजार आउने दिनहरुमा थप फस्टाउँदै जाने बताउँदै अध्यक्ष सिंहल आ.व.२०७७÷०७८मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइन ।
उक्त अबसरमा दिइएको जानकारी अनुसार कम्पनीको कूलबीमा शुल्क ३५.१५ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष २५.६३ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी कम्पनीको कूल लगानी २३.२० प्रतिशतले बृद्धि भएको छ ।