विराट एक्स्पोको सातौं संस्करण आयोजना हुने

विराटनगर/ पूर्वको व्यवसायीक केन्द्र विराटनगरमा मंसिर २९ देखि पुस ६ विराट एक्स्पोको सातौं संस्करण आयोजना हुने भएको छ । एक्सपोको तयारी पूरा भएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ। विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस परिसरमा एक्सपो हुन लागेको हो ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ मूल नारा रहेको एक्स्पोमा ३६१ स्टल रहनेछन् । चार पेभिलियन रहने एक्स्पोमा प्रायोजकका १०, उद्योग संगठन मोरङ कार्यसमितिका ३४, औद्योगिक उत्पादनका ७५, कृषि तथा साना, घरेलु एवं सूचनामूलक ७५, अटोमोबाइलका २० र खाद्यवस्तुका १० ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । बाँकी स्टल विविध वस्तु तथा सेवाका रहने बताइएको छ ।

एक्स्पो अवधिभर माउन्टेन फ्लाइटको व्यवस्थासमेत रहेको संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । एक्स्पोको मुख्य आकर्षण आर्थिक एवं कृषि तथा औद्योगिक क्षेत्रका विषयगत मुद्दामा नीतिगत छलफल, अनुभव आदानप्रदान, नवीनतम सोच भएका युवा उद्यमीका लागि ‘स्टार्टअप कर्नर’, प्रदेशको आर्थिक वृद्धि तथा लगानी सबलीकरणका लागि एशियन फाउन्डेसन र प्रदेश नागरिक विकास बोर्डसँगको सहकार्यमा लगानी सम्मेलन, प्रदेश १ मा लगानीका सम्भावना भएका वस्तुको प्रदर्शनी लगायत रहने एक्स्पोका संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज