काठमाडौं/ सानिमा बैंकले क्युआर कोड समाहित शैक्षिक कर्जा प्रयोगमा ल्याएको छ। उसको यो नेपालमै पहिलो प्रयोग हो । विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरूले लिने शैक्षिक कर्जाको प्रमाणीकर सरल र छिटो गर्नकाका लागि बैंकले क्युआर कोडसहितको कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको हो।
हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरूबाट पटकपटक फोन वा इमेलमार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्युआर कोड स्क्यान गरी बैंकको आधिकारिक वेबसाइटमार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ।
यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्नेछ। सानिमा शैक्षिक कर्जा बैंकका सबै शाखाहरूबाट उपलब्ध हुनेछ।