नेपाल टेलिकमले ल्यायो बोनस डाटा अफर

काठमाडौं / नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १ हजार दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार २०० को रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी १ हजारको रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर २०७९ मंसिर २० देखि पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने प्रवक्ता अधिकारीले बबताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज