१८ सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा

काठमाडौं- १८ औं वार्षिकोत्सवको अवसर पारेर सानिमा बैंकले १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ ।

१८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको यो बचत खाता शून्य मौजदातमा खोल्न सकिने छ । बैंकले जारी गरेको विज्ञप्ति अनुसार उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क उपलब्ध गराइने छ ।

यसका अतिरिक्त बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरीका भिसा नेटवर्क ए.टि.एम. मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ ।

यस खाताले युवा वर्गहरु बीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा ए।टि।एम।संजालहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज