नेपाली बजारमा वुलिंङ एयर इभी कारको बिक्रि शुरु

काठमाडौं/ चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय कार वुलिंङ एयर इभी कार नेपाली बजारमा भित्रिएको छ । बज्र ग्रुप अन्तर्गतको अटोमोबाइल डिभिजन हेर्ने कम्पनी इभी नेपाल मोटर्सले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो विद्युतीय कार नेपाली बजारमा सार्वजनिक गरेको हो । हो। ग्राहकले नक्सालमा रहेको शोरुमा गएर गाडीको अवलोकन तथा टेष्ट ड्राइभ समेत गर्न सक्ने कम्पनीले जनाएको छ।

वुलिङ ब्रान्ड चिनियाँ सवारी उत्पादक समूह एसएआइसी अन्तर्गतको हो। यो गाडी इन्डोनेसियामा बनेको हो। वुलिङका एयर इभी विद्युतीय गाडीले एकपटकको फुल चार्जमा २०० देखि ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। इभी नेपाल मोटर्सले २४ सै घण्टा सेवा उपलब्ध गराउने गरि तयार रहेको जनाएको छ।

वुलिङ एयर इभिको मूल्य २४ लाख ९९ हजारदेखि ३० लाख ९९ हजार रुपैयाँ तोकेको छ। साथै, नेपालभरी नै इभी नेपाल मोटर्स बज्र गु्रपले डीलर मार्फत् बिक्री वितरण गर्ने लक्ष्य राखेको छ। उक्त गाडी अति सुरक्षित सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज