पोखराबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गर्दै बुध्द एयर

पोखरा/ बुध्द एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ।बुध्द एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न लागेको हो । यसका लागि कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान समक्ष अनुमतिका लागि निवेदन दिएको छ ।

‘पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि हामीले तयारी सुरु गरिसकेका छौँ, सबै तालमेल मिले पहिलो अन्तर्राष्ट्रिय उडान बुध्द एयरबाट हुनेछ’, बुध्द एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने ।

पोखरा विमानस्थलबाट बुध्द एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज