चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत सुरु

हुम्ला /चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरेका हुन ।

बुधबार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किएको थियो । घटनमा जहाजको अग्र भागमा क्षति पुगेको थियो ।

जहाज मर्मतमा संलग्न प्राविधिक टोलीले जतिसक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य गरी संचालनमा ल्याउने बताएको तारा सिमकोटका स्टेसन इन्चार्ज सरस्वती लामाले बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज