सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल अस्पतालका सेवामा छुट

 

काठमाडौं–सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज र सिद्धार्थ बैंक लिमिटेडबीच ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा काठमाडौँ मेडिकल कलेजका सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापा र सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारीले हस्ताक्षर गरेका हुन् ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार उक्त सम्झौता बमोजिम बैंकका ग्राहकहरूले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज