जनकपुर / समृद्धि फाइनान्सले जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर उपमहानगरपालिका ८ मा रहेको जानकी वृद्धा आश्रममा वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो ।
फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।
फाइनान्सले केही समय अगाडिमात्रै बनेपा नगरपालिका ८ स्थित चैतन्य माध्यमिक विद्यालयका २६ जना विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यहरू गर्दै आएको जनाएको छ ।