काठमाडौंं/ सिद्धार्थ बैंक ‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्सियल बैंक’ अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रा.लि.ले आयोजना गरेको सातौँ न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा बैंकलाई उक्त अवार्डको प्रदान गरिएको हो ।
सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका थिए । अर्वाड ग्रहण गर्दै सीईओ बस्यालले आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गर्ने बताए ।