काठमाडौँ /अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । तर नेपालमा भने तत्काल पेट्रोलियम पदार्थको मूल्य नबढ्ने निगमले जनाएको छ ।
आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको छ । निगमका अनुसार ‘आईओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेको छ ।
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने तत्काल मूल्य नबढ्ने
