नेपाल इन्भेस्टमेण्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

काठमाडौं /नेपाल इन्भेस्टमेण्ट बैंक र मेगा बैंक नेपाललाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। दुबै बैंकले वार्षिक साधारण सभामार्फत मर्जरको प्रस्ताव पारित गरिसकेका थिए। मर्जरपछि नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुने बताइएको छ।

इन्भेस्टमेन्टको १०० कित्ता बराबर मेगाको ९० कित्ता हुने अनुपातमा मर्जर भएको बताइएको छ। जसअनुसार इन्भेस्टमेण्ट बैंकको कुनै सेयरधनीसँग १०० कित्ता सेयर छ भने उसको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन। तर मेगा बैंकको १०० कित्ता सेयर हुनेहरूको ९० कित्ता कायम हुनेछ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज