ग्लोबल आइएमई र बीओकेको एकीकृत कारोबार पुस २५ देखि

काठमाडौं/ ग्लोबल आइएमई बैंकले पुस २५ गतेबाट बैंक अफ काठमाण्डू (बिओके) लाई गाभेर एकीकृत कारोबार गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको बैकले जनाएको छ।

मर्जरको सम्झौता गर्दा ग्लोबल आइएमइ बिओके नाम तय गरिए पनि दुई बैंक गाभिएपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार हुने बताइएको छ।

मर्जरका लागि दुई बैंकबीच २०७९ असार २ गते प्रारम्भिक सहमति भएको थियो। भने २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज