सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागमा बुझाइयो

काठमाडौं/ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई बुझाएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा पर्ने एक हजार एक सय २६ मिटर लम्बाइको सुरुङ बनाउन जेठ ०७८ मा ग्लोबल टेन्डर आह्वान भएको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा सहभागी नौ कम्पनीमध्ये विभागले गत फागुनमा उक्त कम्पनीलाई छनोट गरेको थियो । आयोजनाको डिजाइन, निर्माणलगायत काम गर्ने गरी इपिसी मोडलमा सात अर्ब ३४ करोड २१ लाख लागतमा विभाग र कम्पनीबीच ठेक्का सम्झौता भएको थियो ।

गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौतामा नौ महिना (डिसेम्बर, ०२२) भित्र आयोजनाको डिजाइन विभागमा पेस गर्नुपर्ने सर्त थियो । सोहीअनुसार कम्पनीले आयोजनाको डिजाइन विभागमा पेस गरेको हो । सुरुङमार्गको न्यूनतम लम्बाइ एक हजार एक सय २६ मिटरको हुनेछ, जुन सुरुङमार्ग दुई लेनको हुनेछ । विभागले आयोजनाको विस्तृत डिजाइनमाथि छलफल गर्ने तथा स्वीकृति गर्ने प्रक्रियासमेत अघि बढाएको छ ।आयोजनाको डिजाइन तयार भएसँगै अबको डेढ महिनामा निर्माण कार्य सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज