अब सिमकार्ड हराएमा वा बिग्रिएमा नयाँ सिम लिन प्रयोगकर्ता आफै उपस्थित हुनु पर्ने

काठमाडौं / अब सिमकार्ड हराएमा वा बिग्रिएमा नयाँ सिम लिन प्रयोगकर्ता आफै उपस्थित हुनु पर्ने भएको छ । बुधवार नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको र बिग्रिएको खण्डमा आफैं उपस्थित भई सिमकार्ड लिनु पर्ने उल्लेख गरेको छ। ।

पछिल्लो समय मोबाइल नम्बर फोन सम्पर्कका लागि मात्रै नभएर बैंकिङ कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत काममा समेत प्रयोग हुनथाले पछि त्यस्ता महत्वपूर्ण तथ्यांक तथा सामग्री असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम बढ्दै गएको भन्दै टेलिकमले स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ यस्तो अवस्थामा मुख्यतः मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षति र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी ९वन टाइम पासवर्ड० को मात्र भर नपरी टु फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याइदिन अनुरोध गर्दछौं ।

मोबाइल नम्बरका माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्याङ्कदेखि कागजात, बचत तथा अन्य मूल्यवान् र दैनिक प्रयोगमा रहने सामग्री र सूचनामा पहुँच पुर्‍याउनसक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापति हुन गएको टेलिकमको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज