वाणिज्य बैंकहरूले माघमा निक्षेपको ब्याजदर घटाउने

काठमाडौँ/चार महिनादेखि निक्षेपको ब्याजदर स्थिर राखेका वाणिज्य बैंकहरूले माघमा निक्षेपको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । यसअनुसार माघदेखि वाणिज्य बैंकहरूले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशन गर्नेछन् ।

एकवर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत र साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ । माघ १ देखि निक्षेपको ब्याजदर घटेपछि बैंकहरूको आधार दरमा आएको कमीअनुसार कर्जाको ब्याजदर पनि कम हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आधार दरमा भएको परिवर्तन हेरी हरेक तीनरतीन महिनामा बैंकहरूले कर्जाको ब्याजदर पनि परिमार्जन गर्नुपर्छ ।

६ महिनापछि गत असोजमा बैंकहरूले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए । कात्तिकमा असोजकै ब्याजदर प्रकाशन गरेका बैंकहरूले मंसिर र पुसमा पनि सोही क्रमलाई निरन्तरता दिएका हुन् । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर घटाएपछि विकास बैंकले पनि घटाउने निर्णय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज