काठमाडौँ /नेपाल राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने कसैलाई विदेशमा कुनै पनि तरिकाले लगानी नगर्न र त्यसो गरे कारबाही हुने चेतावनी दिएको छ ।
विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार (यस बैंकले तोकेको व्यवस्था बमोजिम बाहेक) गर्ने गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।’ विदेशी विनिमय ऐन २०१९ मा यससम्बन्धी व्यवस्था छ ।