काठमाडौं/ प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुरांस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको छ ।
सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेको यी तिनवटा कम्पनीको डिडिए गर्ने काम सम्पन्न भएकाले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको उपस्थितीमा सम्झौता भएको हो ।
कम्पनीद्धारा जारी विज्ञप्ति अनुसार प्राइम लाइफ इन्स्योरेन्स कं.लि., गुरांस लाइफ इन्स्योरेन्स कं. लि. र युनियन लाइफ इन्स्योरेन्स कं. लि. को १: १: १ शेयर अनुपात कायम गरिएको छ । मर्जर पश्चात कम्पनीको सञ्चालक समितिको अध्यक्षमा सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण रहने सम्झौता भएको छ । मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ ।