नेपाल टेलिकमले फोनकलमा आएको खराबीप्रति माफी मागेको छ

काठमाडौं/ नेपाल टेलिकमले हिजो उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको घटनाप्रति माफी मागेको छ ।

हिजो दिउँसो करिब १२ बजेदेखि केही समय कम्पनीका मोबाइल तथा पिएसटीएन टेलिफोन सेवा अवरुद्ध भएको थियो । सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि टेलिकमले माफि मागेको हो ।

टेलिकमले तत्काल आफना प्राविधिकहरुबाट समस्याको समाधान गरेको बताउँदै केही समय कल आदानप्रदानमा ग्राहकहरूलाई असहज भएको भन्दै माफी मागेको हो।

टेलिकमले एक विज्ञप्ति जारी गर्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रणालीगत सुधार कार्य निरन्तर गरिरहेको जनाएको छ। त्यसैगरी सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज