काठमाडौँ /सरकारले यो वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको हो । सरकारले गत वर्ष सरकारी अनुदानसहित प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ तोकेको थियो ।
उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलका अनुसार उद्योगीले दिने ५ सय ४० रुपैयाँमा सरकारी अनुदान ७० रुपैयाँ थप गरि ‘उखुको प्रतिक्विन्टल मूल्य ६ सय १० रुपैयाँ तोक्ने निर्णय भएको हो ।
समर्थन मूल्य नतोकिएपछि कृषकहरुले मंसिर महिनाको अन्तिम साता देखि उखुको क्रसिङ सुरु गरेका छन्। किसानले उद्यारोमा उखु बिक्री गर्दै आइरहेका छन् ।