चालु आव पहिलो ६ महिनामा नेपाललाई ७ खर्ब ११ अर्ब ८५ करोडको व्यापारघाटा

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । निर्यात भन्दा आयात उच्च हुँदा ६ महिनाको अवधिमा नेपालले यो व्यापारघाटा व्यहोरेको हो ।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । झण्डै ८ खर्बको वस्तु आयात भएको छ । यस अवधिमा नेपालले जम्मा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको मात्र निर्यात गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा समग्र वैदेशिक व्यापारसँगै आयात निर्यात, व्यापारघाटालगायतमा भने गत आवको सोही अवधिको तुलनामा गिरावट आएको छ ।

यस अवधिमा गत आवको सोही अवधिको तुलनामा व्यापारघाटामा १९ प्रतिशतको गिरावट आउँदा आयातमा २० र निर्यातमा ३२ प्रतिशतको गिरावट आएको विभागले जनाएको छ ।

यसरी वैदेशिक व्यापारका सबै सुचकहरु ओरालो लागेसँगै कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि १२.९६ प्रतिशतले घटेको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज