काठमाडौं/ एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारका सेवाहरूमा १२ प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ।
मंगलबार यससम्बन्धी समझदारीपत्रमा यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो.डा. अन्जनी कुमार झाले हस्ताक्षर गरे।
उक्त समझदारीअनुसार यस बैंकमा खाता सञ्चालन गर्ने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरू तथा बैंकका कर्मचारीले यो फाइदा उपभोग गर्न सक्नेछन्। बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।