काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारी वाणिज्य बैंकहरु पनि मर्जर हुनुपर्ने धारणा राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सरकारको लगानी रहेका तीनवटा वाणिज्य बैंकहरु पनि आपसी छलफल गरेर मर्जरमा जानुपर्ने धारणा राखेका हुन् ।
कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले पछिल्लो समय नीजि बैंकहरु मर्जरमा गएको सन्र्दभ उल्लेख गर्दै सरकारी बैंकहरुले पनि अहिलेको आवश्यकता बुझेर मर्जरमा जानुपर्ने बताए ।
गभर्नर अधिकारीले निजी क्षेत्रका बैंकहरुले भने अहिलेको व्यवसायिक आवश्यकता बुझेर निजी बैंकहरु मर्जरमा गरिरहेको बताउँदै उनले नेपाल सरकारसँग भएका तीनवटा सरकारी बैंकहरु छलफल गरेर वास्तविक आवश्यकता हो भने मर्जरमा जान सक्ने बताए । यसका लागि राष्ट्रिय वाणिज्य बैंक अगाडि बढ्न उपयुक्त हुने उनको भनाई थियो ।