विद्युतीय सवारी साधान आयातमा उच्च बृद्धि

काठमाडौँ / गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारी साधान आयात ५०.८८ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार गत वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा विद्युतीय सवारी साधान आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा विद्युतीय सवारी साधान आयात भएको छ ।

यसरी आयात भएका विद्युतीय सवारी साधानमा ३७ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको ३ हजार ८४८ वटा तीन पाग्रें, सय किलोवाटसम्मको ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको १ हजार ७०८ वटा कार, जिप, भ्यान आयात भएको हो । त्यसैगरी विभागका अनुसार सय किलोवाटदेखि २ सय किलोवाटसम्मको १५ करोड ६१ लाख २२ हजार रुपैयाँ बराबरको ३५ वटा कार, जिप भ्यान आयात भएको छ । दुई सय किलोवाट देखि तीनसय किलोवाटसम्मको ३ करोड ५१ लख ५० हजार रुपैयाँ बराबरको ६ वटा ल्याइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज