राष्ट्र बैंकद्धारा पाँच बैंकलाई ५० लाख रुपैयाँका दरले जरिवाना

काठमाडौँ /राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा जारी निर्देशन उल्लंघन गरेको आरोपमा कुमारी बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, साविकको बैंक अफ काठमान्डू (बीओके) र नबिल बैंकलाई ५० लाख रुपैयाँका दरले नगद जरिवाना गरेको छ ।

राष्ट्र बैंकले शंकास्पद पैसा ओसारपसार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका अछामका पृथ्वीबहादुर शाह, उनका निकटतम व्यक्ति र संस्थाको रोक्का राख्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशन अबज्ञा गरि बैंक खाताबाट रकम निकाल्न अनुमति दिने र खाता खोल्ने ती ५ वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

शाहले शंकास्पद रूपमा विदेशबाट पैसा ओसारपसार गरेको आशंकामा राष्ट्र बैंकले ०७७ चैत १९ मा सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएर उनी ९शाह०, उनका निकटतम व्यक्ति र संस्थाका सबै खाता रोक्का गर्न निर्देशन दिएको थियो ।

गत पुस ५ मा बसेको सञ्चालक समिति बैठकले ती बैंकहरूलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा राष्ट्र बैंकले गत पुस २२ मा सम्बन्धित बैंकलाई कारबाहीको पत्र थमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज