एनआईबीएल एस क्यापिटल लिमिटेड लगानी व्यवस्थापन सेवाको निकै प्रभावकारी

काठमाडौं/ एनआईबीएल एस क्यापिटल लिमिटेडले प्रदान गर्दै आइरहेको लगानी व्यवस्थापन सेवाको निकै प्रभावकारी रहेको जनाएको छ ।

कम्पनीले आफना विभिन्न सेवाहरु मध्ये २०७१ साल देखि लगानी व्यवस्थापन सेवाको सुरुवात गरेको थियो । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध भएको कम्पनीले जनाएको छ । कम्पनीले ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको बताएको छ ।
यो सेवा अन्र्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्ने गरेको बताउँदै कम्पनीले लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गको हितलाई नै सर्वोपरि ठानी काम गर्ने गरेको छ ।

कम्पनीले आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै आफना सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज