बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि पोखराका एक सहकारी सञ्चालकले आत्महत्या गरे

कास्कि/ बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि कास्कीको पोखरा महानगरपालिका-९ शिव टोलमा एक सहकारी सञ्चालकले आत्महत्या गरेका छन् ।

वडा प्रहरी कार्यालय बैदाम प्रमुख युवराज भण्डारीका अनुसार डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेक हुन ।

घटनापछि खातीकी श्रीमती सिर्जना खड्का बेहोस् अवस्थामा छिन् । उनको उपचार गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

आइतवार खाती आबद्ध सहकारीको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकले खातीलाई बचतकर्ताको रकम फिर्ता गर्न दवाब दिएको थियो । बैठक सकिएपछि खातीले आत्महत्या गरेको जनाइएको छ । मृतक खातीको खल्तीमा तिर्नुपर्ने रकम विवरणसहितको चिट समेत भेटिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज