पेट्रोल र डिजेलको मूल्य बढेर आयो

काठमाडौं/ भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य लिटरमा ८ रुपैयाँले बढेको हो। नेपाल आयल निगमका अनुसार मट्टितेलको मूल्य ४.६० रुपैयाँ र हवाई इन्धन ७.८० रुपैयाँले बढेर आएको निगमले जनाएको छ। नयाँ सुची अनुसार एलपी ग्यासमा भने प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ।

आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गर्छ ।

ग्यासमा मूल्य घटेर आएपनि अझै पनि निगमलाई ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै आइओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज