व्यवसायीहरुलाई नकस्‍न गभर्नर अधिकारीको बैंकहरुलाई आग्रह

काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तिय क्षेत्रमा केही अप्ठ्यारो अवस्था देखिएकोले व्यवसायीहरुलाई नकस्‍न बैंकहरुलाई आग्रह गरेका छन् ।

आर्थिक मिडिया सञ्चालक संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषय अन्तरक्रियामा बोल्दै गभर्नर यस्तो आग्रह गरेका हुन ।

गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने बताउँदै व्यवसायीहरुलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन् ।

अहिले अर्थतन्त्रमा बिस्तारै सुधार भइरहे पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने बताउँदै गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताए । उनले भने, यसले बैंकको समस्या पनि बिस्तारै कम हुँदै जान्छ । ‘तपाइँहरूले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्सन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन । अवस्था अनुसार रिकभरीका काम गर्नुस् भनेका छौं ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज