त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित एक क्यानडेली नागरिक पक्राउ

काठमाडौँ/ त्रिभुवन विमानस्थलबाट ९ केजी सुनसहित एक जना क्यानडेली नागरिक मोहमद कमल मोहगोब बुधबार राति पक्राउ परेका छन् । दुबईबाट जहाजमा आएका युएई मूलका क्यानडेली मोहगोबलाई विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो ।

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार मोहमदलाई ९ केजी १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको हो । उनले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज