सुर्खेत/ नेपाल वायुसेवा निगमले बिहीबार देखि नेपालगञ्जबाट कर्णालीका हिमाली तथा पहाडी जिल्लामा उडान भर्ने जहाजका लागि ई–टिकट प्रणाली सुरु गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालगञ्जबाट हवाई यातायात जोडिएका जिल्लाहरु हुम्ला, मुगु, डोल्पा, जुम्ला, रुकुमपश्चिम र बाजुरामा अनलाइन टिकट बिक्री सुरु गरिएको हो ।
ती क्षेत्रमा ई–टिकट लागू भएसँगै जहाजको टिकट लिन सधैँ एयरपोर्ट धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।