काठमाडौं/ भिभो मोबाइलका चारवटा स्मार्टफोनका मूल्य घटेको छ । कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार मोबाइलमा भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरु – भी२३ई (१२८जीवी र २५६ जीवी), वाई ५३ एस, वाई २० एस, र वाई १५ सी को मूल्य भारी मात्राले घटाएको छ ।
यो नयाँ मूल्य १ फेब्रुअरी २०२३ देखि २८ फेब्रुअरी २०२३ सम्म नेपालका सबै रिटेल स्टोर र इ–कमर्स वेबसाइटहरूमा लागू हुने बताइएको छ ।
भिभो स्मार्टफोनको मुल्य घटाएर हाम्रा उपभोक्ताहरूप्रतिको यो प्रतिबद्धता कायम राख्न चाहेको भिभो नेपालका सीईओ माइकलले बताए । उनका अनुसार यी दुबै भी र वाई सिरिजका स्मार्टफोनहरू किफायती र धेरै विशेषता भएका स्मार्टफोनहरू रोज्ने प्रयोगकर्ताहरुको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको हो ।
कम्पनीका अनुसार भिभो भी२३ ई मा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी विशेषता छ जसमा एआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइल पोट्र्रेट जस्ता विभिन्न पोट्र्रेट मोडहरू छन् । यसमा ८जीवी र्याम छ र रोममा दुई विकल्पहरू– १२८ जीवी र २५६ जीवी छन् । यसको रोमलाई विस्तार गर्न पनि सकिन्छ । यसबाहेक, भी२३ई मा ४०५० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ । यसमा फेनटच ओएस १२ छ ।
वाई ५३ एस ६४ एमपी रियर क्यामेरा, २एमपी बोकेह पोट्र्रेट क्यामेरा, र २ एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमा उच्च रिजोल्युसन फोटो खिच्नका लागि उपयुक्त बनाउँछ । यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।
त्यसैगरी वाई १५ सी मा ६.५१ इन्चको हलो फूलभ्यू डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यसमा आई प्रोटेक्शन, विशाल ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र शक्तिशाली एआई डुअल क्यामेरा लगायत विशेषताहरु समावेश गरिएका छन् ।
वाई २० एस मा ४जीवी र्याम र १२८ जीवी रोम रहेको छ जुन वाई २० को प्रतिकृति हो । यसमा ८ एमपी फ्रन्ट–फेसिङ क्यामेरा र १३ एमपी ब्याक क्यामेरा रहेको छ र पर्फमेन्शका लागि स्न्यापड्रेगन ४६० प्रोसेसर र एड्रिनो ६१० जीपीयू मा आधारित छ । यसमा ५००० एमएएच ब्याट्री छ र १८ वाट चार्जिंग रहेको छ ।