राष्ट्रिय प्रसारण लाइनमा ८६ मेगावाट विद्युत थपियो

सोलुखुम्बु/ साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

लाम्माने सबस्टेशनमा रहेको १३२ केभिए सोलु करिडोरमा जोडिएको छ । विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो । परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको कम्पनीले जनाएको छ ।

सोलुदधुकण्ड नगरपालिका–११ स्थित सोलुखोलाको पानी सुरुङमार्ग र पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका–३ मैकुबेसिमा खसाईएको विद्युत उत्पादन गरिएको छ । अघिल्लो सातादेखि परीक्षण भइरहेको थियो ।

साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकका अनुसार २०७२ सालको असोजमा विद्युत् विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले कूल २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कूल लागतमा निर्माण सम्पन्न गरेको हो । केन्द्रीय प्रसारण लाइन जोडिएसँगै केही दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज