आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी बीच सम्झौता

काठामाडौं/आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने÷गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल बीमा प्राधिकरणको कार्यालयमा दुवै कम्पनीका संचालक समितिका अध्यक्ष लगायत संचालक र प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका थिए ।

कम्पनीद्धारा संयुक्त रुपमा जारी विज्ञप्ति अनुसार नेपाल बीमा प्राधिकारणबाट जारी भएको निर्देशन तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित हुन मर्जरमा जाने सहमति भएको हो । यसले दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने सक्ने बताइएको छ ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज