व्यवसायीको दबाबमा दूधको मूल्य बढाउँदै सरकार

काठमाडौँ/ डेरी उद्योगीहरूको दबाबमा सरकारले एक वर्षमै दूधको मूल्य बढाउन मूल्य बढाउन तयारी थालेको छ । २०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि गरिएको थियो ।

अहिले सरकारले प्रतिलिटर १४ रुपैयाँ थप भार पर्ने गरी मूल्य बढाउने तयारी गरेको स्रोतले जनाएको छ । डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रूपमा आफूखुसी प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि फिर्ता लिएको थियो । अहिले सरकारी निकायसँग मिलोमतो गरेर दूधको मूल्य बढाउने प्रपंच शुरु भएको हो ।

दूधको मूल्यबृद्धिका लागि सरकारले किसानको लागत, बजार मूल्य तथा उपभोक्ताको क्रयशक्ति हेरेर वैज्ञानिक रूपमा अध्ययन गर्न राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा समिति गरिएको छ । तर यो समितिले सबै पक्षको अध्ययन नगरी व्यवसायीको पक्षमा मूल्य बढाउन गृहकार्य सुरु भएको हो । उद्योगीहरूको दवाबमा समितिले प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाउने गरि काम गरिरहेको बताइएको छ । सरकारको माथिल्लो निकायको हस्तक्षेप नभए फागुनको पहिलो साता दूधको मूल्य बढ्ने स्रोत बताउँछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज