काठमाडौँ /वित्तिय क्षेत्रमा तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले रिपोमार्फत बैंकिङ प्रणालीमा ३० अर्ब रुपैयाँ पठाउने भएको छ ।
यसअघि राष्ट्र बैंकले गत पुस दोस्रो साता ४५ दिनका लागि रिपोमार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बजारमा पठाएको रिपोको परिपक्व अवधि सकिएपछि तरलतामा कमी देखिएको भन्दै मंगलबार ३० अर्ब रुपैयाँ बजारमा पठाउन लागिएको हो ।
रिपोका लागि राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै मंगलबार ९फागुन ३० बोलकबोल आह्वान गरेको छ । रिपोका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था बोलकबोलमा सहभागी हुन पाउनेछन् ।