काठमाडौं /नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सोमबार नयाँबसपार्कस्थित लोत्से मलमा भएको तोडफोड र पसलभित्र चोरी भएको भन्दै व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गगरेका हुन्।

विहिबार विज्ञप्ति जारी गर्दै विभिन्न मजदुर यातायात सङ्घ–सङ्गठनले गरेको आन्दोलनको मौका छोपीे नयाँ बसपार्कस्थित लोत्से मलमा रहेका पसलमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नबाटै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै चेम्बरले शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छ्रिङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई नभएको जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज