भैरहवा/ जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने भएको छ । सात महिना अगाडी मौसमको कारण देखाउँदै जजिराले उडान–अवतरण स्थगित गरेको थियो ।
जजिराले उडान रोकपपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरु गर्न भन्दै पहल थालेका थिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफल समेत भएको थियो । जजिराका प्रतिनिधिसँग भएको छलफलपछि पुनः उडान–अवतरण गर्न एयरलाइन्स तयार भएको बताइएको छ ।
गत जेठ दुई गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।