स्वदेशी वस्तुको बजारीकरणलाई पहिलो प्राथमिकता दिनुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौँ /उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशमा उत्पादीत वस्तुको बजारीकरणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । शनिबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको औद्योगिक प्रदर्शनी समापन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन ।

देशमै रोजगारी सिर्जना गर्न र कृषिजन्य उत्पादनको आधुनिकीकरणका लागि यस्ता मेला निकै उपयोगी रहेको बताउँदै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा सहयोग गर्न सधैँ तयार रहेको बताए ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ । गत फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा दुई लाख ५० हजार दर्शकले अवलोकन गरेका छन भने करिव पाँच करोड रुपैयाँको कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा न्यूज