काठमाडौं /कृषि विकास बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त गरेको छ ।
सिभिल बैंकमा सीईओको रुपमा काम गरेका गुरुङ म्यानमारको म्यानमार सिटिजन्स बैंकमा पनि सीईओ भएका थिए । उनीसँग बाणिज्य बैंकहरुमा साढे २६ वर्ष काम गरेको अनुभव छ ।
४ वर्षका लागि नियुक्त गुरुङको २२ जना प्रतिस्पर्धिलाई पछि पार्दै बैंकको सीईओमा चुनिएका हुन् । २२ जनामध्येबाट ५ जनालाई सर्ट लिष्ट गरिएको थियो। सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तरवार्ता गरिएको थियो । अन्तरवार्ताबाट गुरुङ सीईओमा
छानिएका हुन् ।