काठमाडौँ /नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई अर्को निर्णय नभएसम्मका लागि कुनै पनि प्रकारका उडान गर्न रोक लगाएको छ ।
पाइलट लगायत उडानमा संलग्न कर्मचारी, एजेन्सी र अरु सरोकारवालाहरूको तिर्नुपर्ने रकम भुक्तानी गर्न नसकेपछि गुण एयरलाइन्सलाई तत्काल उडानमा रोक लगाइएको हो ।
७ वर्ष बन्द भएको गुण एयरलाइन्स गत वर्ष देखि पुनः सञ्चालनमा आएको हो । गुण ग्रुपले संचालनमा ल्याएको गुण एयरलाइन्सले यती एयरलाइन्सका ५ वटा बेलायती जेटस्ट्रीम टर्बोप्रोप जहाज र सिम्रिक एयरलाइन्सका १९ सिट क्षमतामा दुईटा बिचक्राफ्ट सहित ७ वटा जहाज रहेका छन । गुणले काठमाडौंबाट, विराटनगर, पोखरा, जनकपुर, भरतपुर, भैरहवा, नेपालगंज, सुर्खेत, सिमरा र तुम्लिङटारमा उडान गर्दै आएको थियो ।